surkhet

वीरगञ्जको कोरोना अस्पतालमा एक जनाको मृत्यु ,

surkhet

साउन ११ ,वीरगञ्ज – वीरगञ्जको कोरोना अस्पतालमा एक जना वृद्धको मृत्यु भएको छ।

नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको छ ।

आरडिटी पोजेटिभ देखिएका उनको पीसीआर परिक्षण आउन भने बाँकी छ। स्वास्थ्यमा समस्या देखिएपछि उनको शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो ।

Dailekh
Gorkha

नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो ।

हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । शनिबार राति ८ बजे उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो स्वस्थ्यमा थप गम्भीर अवस्था देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।

उपचारको क्रममा आईतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

कोरोना संक्रमित बढ्दै गएपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ ।

salyan