Gold

ब्रेकिङ् कोरोनाको घन्टी बज्यो एक युवकको मृत्यु ,

Naumule Migrate

साउन ११ ,धनुषा – धनुषामा एक युवकको कोरोनाबाट मृत्यु भएको छ। धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको हो ।

उनलाई प्रादेशिक अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जानकारी दिएको हो।

उनको स्वास्थ्यमा अत्यधिक ज्वरो ,रुघाखोकी ,जस्ता कोरोनाका लक्षण देखापरेपछि शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनको उपचार त्याँहा सम्भव नदेखीएपछि धरान लैजादा बाटोमै मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।

उनको कोरोनाबाट मृत्युको पुस्टि भोलिको स्वस्थ्य मन्त्रालयको मिडिया ब्रिफिङ्गमा जानकारी गराईने मन्त्रालय श्रोतले जनाएको हो।

Naumule Badhipahiro