कालिकोटमा पहिरो ९ जनाको दु:खद निधन ७ जना एकै परिवारका ,

साउन १४ ,कालिकोट – कालिकोटको नरहरिनाथ गाँउपालिकामा पहिरो जाँदा एकै परिवारका ७ जना सहित ९ जनाको दुखद निधन भएको छ।
नरहरिनाथ,७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी पत्नी ६१ वर्षीया नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव फेलापरेको ओलियाले जानकारी दिए ।
