Gold

निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने एसपी विष्टसहित आठजनालाई अदालतको सफाई ,

Naumule Migrate

साउन १५ ,कञ्चनपुर- कञ्चनपुरकी१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण नस्ट गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठै जना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी गरे।

उप्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप विष्टका दाई खडक विष्टले यतनासम्बन्धी र निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला अदालतमा जाहेरी दिएका थिए ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

Naumule Badhipahiro