कोरोनाबाट गजदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु,
साउन १६ ,काठमान्डौ – कोरोनाबाट गजदम्बा इन्टरप्राइजेजका सीईओको बिहिबार मृत्यु भएको छ।
नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ ।
५६ वर्षीय उनी भारतीय नागरिक हुन् । कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार सीईओ कामो समयदेखि मुटुरोगले ग्रस्त थिए,उनीमाथि कोरोना पुस्टि भएपछि साउन ७ गते अस्पताल भर्ना गरिएको थियो।
मुटुको बाइपास सर्जरी भगरिएको उनको बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखीएको थियो। राति साढे ११ बजे उनको मृत्यु भएको अस्पतालले सार्वजनिक गरेको थियो ।