२५९ जना कोरोनाका बिरामी थपिएपछि कोरोनाको संख्या २१ हजार नाघ्यो ,
साउन २० ,काठमान्डौ – आज थप २५९ जना नंया कोरोनाका बिरामी थपिएका छन्।
पछिल्लो २४ घन्टामा ७ हजार ६८७ जनाको पीसीआर परिक्षण गर्दा सो संक्रमितसंख्या देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।
तेस्तै पछिल्लो २४ घन्टामा मात्र जम्मा ६५ जना डिस्चार्ज भएका छन् यो पछि निको हुनेको संख्या १५ हजार २६ पुगेको छ।
यो संगै देशभर ५ हजार ५२५ जना कोरोनाका सक्रिय बिरामीको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।