काठमान्डौ उपत्यकामा आजपनि ६२ जना कोरोना संक्रमित थपिए ,

साउन २० ,काठमान्डौ – पछिल्लो २४ घण्टा यता उपत्यकामा ६२ जना कोरोनाका नँया संक्रमित थपिएका छन्।

काठमाडौंमा ४८ जना ,भक्तपुरमा १३ र ललितपुरमा १ जनामा कोभिड १९ संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभर २५९ जना कोरोनाका नँया संक्रमित थपिएका छन् ,यो संगै कोरोनाको कुल संख्या २१ हजार ९ पुगेको छ भने हाल सम्म ५८ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ।
