रुसले बनाएको कोरोना भाईरसको खोप सफल परोक्षण भेनेजुएला र फिलिपिन्सले पनि प्रयोग गर्ने,
साउन २९ ,मनिला – रुसले बनाएको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् ।
रुसले हालै दर्ता गरेको नयाँ खोप ‘स्पुटनिक पाँचौ’ को प्रयोग गर्न फिलिपिन्स र भेनेजुएला तयार भएका हुन् ।
परीक्षण सफल भएपछि भेनेजुएलामा खोपको प्रवर्द्धन र प्रयोग गरिने त्याँहाका अधिकारीहरुले जनाएका छन् ।
रुसी अधिकारीहरुले भेनेजुएलाले उक्त खोप दर्ता हुनुअघि नै क्लिनिकल ट्रायलमा नै सहभागी हुन प्रस्ताव गरेको थियो भने बजारमा उक्त खोपको प्रवर्द्धन गर्ने बताइएको छ ।
फिलिपिन्सले पनि यही वर्षको अन्त्यअघि नै क्लनिकल परीक्षण गरिने बताएको छ । रुसले भने क्लिनिकल ट्रायल सुरु हुनुअघि नै खोप दर्ता गरेको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि आफ्नी छोरीमाथि खोप परीक्षण गरिसकेको जनाएका छन् ।
साथै उनले खोप पूर्ण रुपमा सुरक्षित भएको दावी गर्दैआएका छन् भने खोपलाई विभिन्न चरण हुँदै आम जनतामाझ पुर्याउने बताएका छन् ।