माउन्टेन टिलिभिजन कालो सुचिमा ,
साउन २९ ,काठमान्डौ – प्रेस काउन्सिलले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गर्ने र काउन्सिलको निर्देशनलाइ अवज्ञा गरि झुठा विवरण पेश गरेको भन्दै काउन्सिलले सो टेलिभिजनलाई कालो सूचीमा राखेको हो।
प्रसारित समचारलाई लिएर बाबुराम भट्टराईका प्रेश सल्हाकार विश्वदिप पाण्डेले गत २ गते काउन्सिलमा उजुर दिएका थिए।
उजुरीका आधारमा प्रसारित सामाग्री अनुगमन गर्दा तथ्यगत पुष्टि बेगर एकोहोरो, अशिष्ट एवम् अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकूल असर पर्ने गरी सम्प्रेषित उक्त सामाग्री पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) प्रतिकूल सामाग्री के, कसरी सम्प्रेषण हुन गएको हो ? भनी स्पष्टीकरण सोधेको थियो ।
उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै फेरि उजुरीकर्ताले लिखित प्रतिक्रिया पेश गरेका थिए ।उजुरीका परेपछि माउन्टेन टेलिभिजनलाई २४ घन्टे टेलिभिजनलाई यथा सिघ्र स्पस्टिकरको समेत माग गरेको थियो।
टेलिभिजनले काउन्सिललाई झुक्याएर क्षमायचनालाई प्रशारण नगरी ईडिट गरेर नक्कली काउन्सिलमा बुझाएको समेत काउन्सिले बताएको छ।
पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा तथा जालसाँझी गरी झुठा विवरण पेश गरेको आरोप लगाउँदै काउन्सिलले उक्त टिभीलाई पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६)को दफा ७(१) (ज) बमोजिम कालोसूचीमा राखिएको जनाइएको छ ।
तेस्तै मिडियालाई उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन ,विज्ञापन ,प्रेश पास तथा आन्या सेवा सुविधा उपलब्ध नगराई कालोसूचीमा राख्न काउन्सिलले निर्देशन गरेको हो।