अब तपाई कोरोना हो म पनि कोरोना हो, स्वास्थ्य मन्त्रालय ,

साउन ३० ,काठमान्डौ – हाल लकडाउन खुलेपनि कोरोनाको उच्च जोखिम रहिरहेको हुँदा सबैले सावधानी अपनाउनु अनुरोध छ फोन गर्दा सुनिने धुन हो यो।
स्वास्थ्य मन्त्रालयले दैनिक कोरोनाका अध्यावधिक नेशनल रिपोर्ट अपडेट गर्ने र नागरिकलाई ध्यान आकर्षण गराउने गर्दापनि लापरवाही भएको मन्त्रालयले बताएको छ।
केहि दिन अगाडी मात्र स्वास्थ्य परिषदले गरेको सर्वेक्षणमा अझै २८ प्रतिशतले माक्स प्रयोग नगरेको अध्यनले सर्वेक्षन गरेको छ।

कोरोना महमारीबीचमा पनि आज सम्म जम्मा ७२ प्रतिशतले माक्स प्रयोग गर्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले आजको कोरोना नेशनल अपडेटमा जानकारी गराएका थिए ।
सर्वेक्षणका अनुसार सबै भन्दा बढी तरकारी बजार ,सपिङ्ग महल ,धार्मिकस्थल सार्वजानिकस्थलमा नियम पालना गरिएको छैन।

तर अहिले भने नेपालमा दैनिक जस्तो संक्रमित र मृत्युको डर बढेको देखिन्छ। यस्तै बेला स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारि गर्दै भनेको छ।
,तपाई कोरोना हो र म कोरोना हो ,तेसैले पछिल्लो समय आफुलाई केहि नभएको जस्तो गरि जता भावी हिड्ने ,र भेटघाट नगर्न मन्त्रालयले जानकारी गरेको छ।
यस्तो अवस्थामा आफु र अरुलाई सजिलै कोरोना संक्रमण हुनसक्ने भन्दै मन्त्रालयले ध्यान आकर्षण सबैमा गराएको हो।
तेस्तै आफुलाई संका नलागी परिक्षण नगर्न नगराउन र परिक्षणका लागि रिपोर्ट दिएपछि रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म अन्य व्यक्तिहरुको सम्पर्कमा नजना पनि मन्त्रालयका सह पर्वक्ता समिर कुमार अधिकारिले जानकारी गराएका छन्।
परिक्षणको रिपोर्ट आईसकेपछि आफ्नो सम्पर्कमा आएका हरुलाई जानकारी गराउन परिक्षणको लागि सहयोग गर्न र संक्रमण रोक्न भूमिका खेल्न समेत मन्त्रालयले अनुरोध गरेको छ।
