नेपालमा कोरोनाको गड बन्यो वीरगञ्ज,
साउन ३२ , वीरगञ्ज – नेपालको वीरगञ्ज कोरोनाको गड बनेको छ ,हाल सम्म सबैभन्दा बढी वीरगञ्ज ,पर्सा बारामा कोरोना संक्रमित थपिदै गएका हुन्।
आजपनि पर्सा र बारमा गरि ४७ जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा वीरगञ्जका २० जना छन् ,तेस्तै बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना संक्रमण देखिएको हो ।
तेस्तै पर्सागढी नगरपालिकामा दुई जना छन् भने विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १/ १ जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले जनाएको छ ।
यो मध्ये १० जना महिला रहेको अस्पताल श्रोतले जनाएको छ। हाल सम्म पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।