वीरगन्जमा कोरोनाबाट थप एक जनाको मृ,त्यु,

साउन ३१ ,वीरगन्ज – वीरगन्जमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका अठराहा सुगौलीका ४५ वर्षिय पुरुषको शनिवार बिहान करिब ७ बजे मृत्यु भएको थियो ।

नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

प्रयोशगशालाबाट शनिवार दिउसो प्राप्त रिपोर्टमा मृतक पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए ।
