आफ्नो बारेमा नराम्रो लेखेर चरित्र हत्या गरेको भन्दै कपिलले मागे पत्रकार संग १ अर्ब भारु ,,

वैशाख २० ,, – कपिल शर्माले आफ्नो बारेमा नराम्रो खबर लेखेको भन्दै उजुरी गरेका छन् । भारतीय एक इन्टरटेनमेन्ट न्यूज पोर्टल र त्यसका पत्रकार विक्की लालवानीमाथि आफ्नो चरित्रहत्या गरेको आरोपमा एक अर्ब भारु क्षतिपूर्ति माग गर्दै कानूनी नोटिस पठाएका छन् ।

उनले नोटिसप्राप्त गरेको सात दिन भित्र सार्वजनिकरुपमा बिना सर्त माफी माग्नुपर्ने माग पनि गरेका छन् ।

पब्लिकेसनले आफ्नो विरुद्ध अपमानजनक, घृणायुक्त समाचार र विचारहरु प्रशारण गरेको कपिलको आरोप छ ।

उनले यस्ता सामग्रहरु तत्काल हटाउनुपर्ने बताएका छन् । यी सामग्रीले आफ्नो छवि विगारेको भन्दै १ अर्ब भारुको क्षतिपूर्ति तिर्नुपर्ने माग उनले गरेका हुन् ।

कपिलका वकिल तनवीर निजामले कानूनी नोटिस पठाइएको पुष्टि गरे । उनले भने, ‘न्यूज पोर्टल सम्पादक विक्की लालवानीले मेरो क्लाइन्टलाई बदनाम गरे, ।

त्यसैले हामीले सात दिनभित्र सार्वजनिक रुपमा माफी माग्नका लागि कानूनी नोटिस पठाएका छौं । यदि माफी नमागेको खण्डमा हामी उनीमाथि आपराधिक कारवाहीको प्रक्रियामा जाने छौं ।’

यो विवाद अघिल्लो महिनादेखि सुरु भएको हो । कपिलले लालवानीलाई गालीगलौज गरेको एउटा अडियो कल सार्वजनिक गरेका थिए ।