अन्तरस्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित ,

भदौ १ ,काठमान्डौ – सरकारले उद्धारको लागि तयारि गरेका अन्तर्राष्ट्रिय चार्टर उडानहरु स्थगित गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको थियो ।
सोको आधारमा सरकारले उडान स्थगित गरिएको जानकारी गरेको छ। उद्धार गरिएकालाई राख्न क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सीसीएमसीले मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न सुझाव दिएको थियो ।


कोरोनाको सन्त्रास बढेपछि स्थानीय तहहरुले निषेधाज्ञ जारि गरेका छन् ,होटेल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीको पत्रमा उल्लेख छ ।
उडान स्थगित भएपछि दूतावासहरुले समेत उडान स्थगन भएको सूचना निकालेका छन् ।
नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ।
