Gold

उडान रद्द गरेर दुवै एयरपोर्टमा १०० बढी नेपालि अलपत्र ,अन्य देशमा पनि अलपत्र,

Naumule Migrate

भदौ २ ,काठमान्डौ – सरकारले हिजोदेखि आन्तरिक उद्दार उडान स्थगित गरेपछि दुवै एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् ।

यात्रुहरुलाई लिन गएको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ । घर फिर्तीको लागि उनीहरुले सबै प्रक्रिया पुरा गरि नेपाल आउन लागेकैबेला नेपाल सरकारले हिजो साँझबाट उद्दार उडान स्थगित गरेको छ।

जहाज रित्तै फर्किलागेको जानकारी पछि अहिले नागरिक आक्रोसित छन् ,आफूहरुको सम्पूर्णको खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा उनीहरुले आक्रोश पोखेका छन् ।

सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न भनेको थियो यो संगै नेपाल एयरलाईन्सले पनि सबै उडान स्थगित गरिएको भन्दै विज्ञप्ति निकालेको छ।

सीसीएमसीको यस्तो पत्राचारले विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका छन् ।

Naumule Badhipahiro