Gold

प्रवासी नेपाली संघद्वारा हरितालिका तीजको सुभकामना ,

Naumule Migrate

भदौ ४ ,काठमान्डौ – प्रवासी नेपालि संघ भारत महरास्ट्र गुजरात संयुक्त राज्य समिति अन्तर्गत वापि नगरसमितिले हरितालिका तीजको सम्पूर्ण हिन्दु नारिहरुमा सुभकामना ब्यक्त गरेको छ।

नगर मितिका अध्यक्ष हरि महर र सचिव तेज रैकालले आज एक विज्ञप्ति जारि गर्दै २०७७ सालको तीजको सुभकामना दिदै यो वर्ष कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै कुनैपनि सुभकामना आदान प्रदान र नाच गान नगर्ने निर्णय लिएको बताएका हुन् ।

आ -आफ्नो स्थानबाट हिन्दु परम्परा र रितिरिवाज अनुसार पुजा आजा गर्न तर कुनैपनि भिड भाडमा नगईदिन मितिले आग्रह गरेको हो।

वापि नगर समितिको तर्फबाट देश विदेशमा रहने आम नेपाली दिदि बहिनीहरुमा हार्दिक सुभकामना गर्दछौ ,तर कोरोना महामारीको कारणलाई मध्यनजर गर्दै कुनैपनि स्थानमा नाच गान नगरी आफु पनि बाँचौ अरुलाई पनि बचाऔ विज्ञप्तिमा भनिएको छ।

यो पनि ,

यस वर्षको हरितालिका तीजमा आज दर खाने दिन मानिन्छ। यो वर्ष भने कोरोना महामारीले तिजको रमझम छैन,महिलाहरुले नाच गान गरेका छैनन् भने सुभकामना पनि साटा -साट गरेका छैनन्।

खासमा आजको दिन विद्यालय, सामाजिक संघसंस्था, महिला संगठनले कार्यक्रम गरि दिदीबहिनी हरुलाई दर खुवाउने चलन थियो।

दिदि बहिनि आफ्नो माईतिघर जाने गर्थे भने दाजु भाई दिदि लिन आउथे, यो वर्ष भने तेसो नभई दिदि बहिनि आफ्नै घरको कोठामा खुम्चिने गरेका छन्। यो वर्षको तीज भोलि भद्र ५ गते परेको छ।

Naumule Badhipahiro