surkhet

चितवनमा २६ जना कोरोना संक्रमितका बिरामी फेला ,

surkhet

भदौ ५ ,चितवन – चितवनको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा विहीवार गरिएको परीक्षणमा चितवनका २६ जनामा कोरोना संक्रमण फेला परेको छ। संक्रमण हुनेमा ११ पुरुष ,र ११ महिला छन्।

संक्रमित हुनेमा सबै भन्दा बढी भरतपुर महानगरपालिका छन्। भरतपुर महानगरपालिका २, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Gorkha

भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएकोमा उनीहरुमा कोरोना पुष्टि भएको हो । राप्ति नगरपालिका २ र ८ का गरी थप ३ जना पुरुषमा पनि कोरोना संक्रमण फेला परेको छ ।

Dailekh

तेस्तै नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक,एक जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित १२ देखि ६७ वर्ष उमेरका रहेको बताईएको छन।

,चितवनमा यो संख्या संगै ३ सय ३ जनामा कोरोन संक्रमणको पुष्टी भएको छ भने ३ जनाको मृत्यु भईसकेको छ। कैलालीका एक जनाको उपचारको क्रममा चितवनमा मृत्यु भएको थियो।

 

salyan