वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु ,

भदौ ७ वीरगञ्ज – वीरगञ्जमा कोरोनाबाट थप एक जना महिलाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका,११ कि ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ। गत साउन २२ गते स्वाब संकलन गरि पठाएपछि २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो।

स्वास्थ्यमा जटिल देखिएपछि २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो भने भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो।

मृतक बिरामी थाईराईडको बिरामी भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। वीरगञ्जमा कोरोना संक्रममणबाट हालसम्म मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

जसमा २८ जना पर्साका छन् ५ जना बाराका र २ जना रौतहटका रहेका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो भने उनको हाल सम्म पहिचान हुन सकेको छैन ।