नेपाल आउने नागरिकले टिकट आफै काट्नुपर्ने पाँचतारे होटेलको दैनिक ९ हजार तिर्नुपर्ने सर्त ,

भदौ ८ ,काठमान्डौ – सरकारले विदेशमा अलपत्र परेका नेपालिलाई काठमान्डौमा पाँचतारे होटेलमा राखेर लुट्ने योजना बनाएको छ।

विश्वमा फैलीएको कोरोना महामारी र लकडाउनमा उडान स्थगित भई अलपत्र रहेका नेपालिलाई सरकारले नेपाल आउन चाहनेले स्वयम् आफै टिकट काट्न समेत बताएको छ।

विदेशबाट आउने नेपालि नागरिकले अनिवार्य पीसीअर रिपोर्ट ल्याउनपर्ने र सात दिन होटेल क्वारेईनटिनमा बस्ने पर्ने निर्णय गरेपछि काठमान्डौ जिल्ला संकट व्यवस्थापन समितिले पाँचतारे होटेल देखि टुरिजम स्टेनडर होटेल क्वारिनटिनकोलाइ बुक गरेको छ।

जसको चार्ज एक रातको प्रतिव्यक्ति ९ हजार हुने छ ,भने दुवै जना बस्दा ६ हजार प्रति व्याक्तिले तिर्नुपर्ने छ।

सरकारले तय गरेका होटेल नर्मल होटेल भने कुनै पनि छैनन् ,अधिकांस होटेल पाँचतारे होटेल , चारतारे ,थ्री स्टार,दुई तारे र एक तारे छन्।

भदौ १६ गते देखि आन्तरस्ट्रिय उडान खुल्ला गर्ने तयारीमा रहेको सरकारले उपत्यकाका सुचिमा रहेका तारे होटेल ,जसमा ,लैनचौरको मल्ल होटेल ,अबास्डर होटेल ,दरबारमार्गमा रहेको अन्नपुर्ण होटेल ,बागबजारमा रहेको हार्दिक होटेल ,म्याराट,यति ,कमल लगायत गरि २२० होटेल छुट्याएको छ।

जसमा ३ हजार ५ बेड छुट्याएको छ ,सरकारले होटेलको मेनु र रेट्लिस्ट समेत सार्वजानिक गरेको छ ।जसमा सामान्य एक तारे होटेलमा बस्दा पनि दैनिक ४ हजार खर्च लाग्ने छ जो नागरिक आफैले तिर्नुपर्ने छ।

सबै होटेलमा दिनको खाना खाजा गरि चारपटक उपलब्ध गराउने समेत जानकारी गरेको छ। तेतिमात्र हैन नेपाल आएपछि होटेल टिकेट खर्च आफै तिर्नेछु भनेर लिखित सम्झौता गरेपछि मात्र नेपाल ल्याईने समेत सरकारले निर्णय गरेको छ।

होटेल क्वारिनटिनको रकममा नागरिकले बार्गेनिङ्ग गरेपछि पैसा तिर्ने सर्तमा मात्र नेपाल ल्याउने अन्यथा उद्दार नगरिने जिल्ला प्रशाशन कार्यालयले जनाएको छ।

होटेल आएर पैसाको बार्गेनिङ्ग गर्ने हुँदा पहिलेनै टिकट खरिदको बेलामा पैसाको सम्झौता गरिने काठमान्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

विदेशबाट आउने नेपालीले घरमा गएपछि १४ दिन सम्म क्वारिनटिनमा बस्ने लिखित प्रतिवादत्ता गर्नुपर्ने समेत दाहालले बताए।

भौतिकदुरी कायम गर्ने ,कम्पाउण्ड भएका होटेललाई मात्र सुचिकृतमा राखेको र ति सबै एक तारे देखि पाँचतारे होटेल रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

नेपालमा सरकारले नागरिकलाई उद्दार मात्र हैन दु:खको भारि बोकाउने गरेको छ ।,अहिले सम्म जतिपनि विदेसबाट आएका नागरिक छन् ति सबै आफ्नै खर्चमा टिकट काटेर आउने गरेका छन् ,।

त्रिभुवन विमानस्थलमा झरेपछि यो भन्दा अगाडी सरकारले होल्डिङ्ग सेन्टरमा राखेर सम्बन्धित प्रदेश स्थानीयलाई जिम्मा दिने गरेको थियो।

तर यसपटक भने सरकारले काठमान्डौका पाँचतारे होटेलमा राख्ने र कमाउने धन्दा सुरु गरेको देखिन्छ।

विदेशमा रहेका अधिकांस नेपालि रोजगार विहिन, कम्पनि बन्द ,तलब नपाएका छन् भने ८ महिनाबाट उनीहरु कोठामै बसेर नेपाल फर्किने आसमा बसेका छन्।

,जसलाई पर्खिदा नेपालमा उनीहरुका घर परिवार समेत मानसिक तनाबमा बसेको बेला पुन: सरकारले नागरिकालाई पिडा थपेको देखिन्छ।

सरकारले चार्टरको महँगो टिकट काट्नुपर्ने ,पीसीआर परिक्षण आफै गर्नुपर्ने र नेपाल आएर महँगो तारेहोटेलमा बस्नुपर्ने जस्ता निर्णयको अहिले चौतर्फी विरोध समेत भएको छ।

नेकपा सरकारले गरेन सर्वोच्चको आदेश पालना ,

गत असार १ गते सर्वोच्च अदालतले सरकारी कोषबाटै विदेशमा रहेका नेपालीको उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो।

न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुंयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न भने सरकारले कुनै तदारुकता देखाएको छैन।

सरकारको यो निर्णय सर्वोच्चको असार १ को नि:शुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी प्रस्ट देखिन्छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाईटको अनुमति दिएको छ ।

भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ ।