गुर्भाकोट ७ मा नेपालि कांग्रेस पार्टीमा पहिरो ३५० जना नेकपामा प्रवेश ,

भदौ ७ ,काठमान्डौ – गुर्भाकोट ७ मा नेपालि कांग्रेसलाई ठुलो झट्का लागेको छ। गुर्भाकोट नगरपालिका ७ मा रहेका ७५ घरधुरीका ३५० जनाले आज नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

संघिय संसद सचिवालयका माननीय सांसद धुर्व कुमार शाहीको प्रमुख आतिथ्यामा र प्रदेश सांसद ठम्मर बिष्टको विशेष आतिथ्यमा उनीहरुले नेकपामा प्रवेश गरेका हुन्।

विभिन्न जिल्ला, नगरकमिटि र वडान ७ नेकपा वडा सचिव टेक बहादुर टमटाको विशेष पहलमा उनीहरुले पार्टी प्रवेश गरेका हुन।

विशेष गरि गुर्भाकोटमा कांग्रेसले विगत २६ वर्ष देखि गर्न नसकेको विकासलाई माननीय धुर्व कुमार शाही र सांसद ठम्मर बिष्टले २ वर्षमै गरेर छोडेको भन्दै उनीहरु नेकपामा प्रवेश गरेको बताए।

तेस्तै सुर्खेतको विकासलाई जनताले अन्तरमनदेखि मुल्यान्कन गरेको समेत उनीहरुले बताए। पार्टी प्रवेशको भूमिकामा भेरीगङ्गा १२ का नगरकमिटि सदस्य अम्मर विकले ठुलो साथ् र सहयोगको भूमिका अपनाएका थिए।

 

 

रंग दर्पण नेपाल