Gold

बनगाड खोलामा तटबन्धन लगाई नगारिकलाई सुरक्षित बासस्थानको व्यवस्था गर्छौ मन्त्रि ज्वाला ,

Naumule Migrate

भदौ १० ,काठमान्डौ – बन्गाड कुपिण्डे नगरपालिका अन्तर्गत बन्गाड खोलामा तटबन्धन लगाईने भएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा अर्थमन्त्री प्रकाश ज्वाला र प्रदेश सरकारका राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले बनगाड खोलाले गरेको क्षति विवरणको स्थलगत अध्यन गर्दै उक्त खोलामा तटबन्धन लगाउने बताएका हुन्।

 

गत ३ गते अविरल वर्षाले आएको बाढीपहिरोले आएको बनगाड खोलाले नगरपालिकाका विभिन्न वडामा ठुलो धन जन ,खेतबारी,घर गोठमा क्षति गरेको छ।

खोलाले बगाउदा एक जना वेपत्ता भएका छन् ,उनि दैलेख जिल्लाका रहेको बताईएको छ।

सुनौलमा पुलको काम गर्न आएका उनि राति सुतिरहेको बेला खोलाले बगाएर वेपत्ता भएका हुन् भने दुई जना खोलाबाट बाँच्न सफल भएका छन्।

प्रदेश सरकारले खोलाले गरेको क्षतिको हिजो ८ गते अवलोकन गर्दै अर्थमन्त्री प्रकाश ज्वाला र राजनीतिक सल्हाकार प्रकाश शर्माले बाढी पिडितलाई भेट घाट गरेका थिए।

पिडितहरुलाई कर्णाली प्रदेश सरकार र वडान ४ का वडा वडाअध्यक्ष मोहन रोकाले त्रिपाल ,कम्बल ,म्याट र झुल वितरण गरेका छन्।

नगरपालिका प्रमुख गोविन्द पुन स्वास्थ्यको समस्याले उपचार गराईरहेको र उप प्रमुख मन्जु यरि काम बिशेषले नगरपालिका बाहिर गएको हुनाले रोका मार्फत राहत सामान वितरण गरिएको थियो।

तेस्तै पूर्ण रुपमा बाढीले क्षति पुर्याएका घरलाई प्रदेश सरकारले १ लाख राहत सहयोग स्वरुप उपलब्ध गराउने भिम प्रकाश शर्माले जानकारी गराए।

तेस्तै प्रदेश सरकारले बाढी पहिरोले क्षति पुर्याएको छत्रेश्वरी गाउँपालिकाका पीडितहरुलाई पनि वडा नं २ का वडा अध्यक्ष प्रेम खड्कामार्फत आवश्यक राहत सामाग्री बितरण गरेको छ ।

तस्विर :अर्थमन्त्री प्रकाश ज्वालाको सामाजिक सञ्जालबाट ,

 

Naumule Badhipahiro