बारपाक सुलिकोट गाउँपालिकाले गर्यो अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान
जेठ ३१

काठमान्डौ – बारपाक सुलिकोट गाउँपालिकाले अन्तरजातिय विवाह गर्ने १६ जोडिलाई सम्मान गरेको छ।
गाउँपालिका को दलित सशक्तिकरण कार्यक्रम अन्तरगत गाउँपालिका भित्र बसोवास गरी अन्तरजातिय विबाह गर्ने २७ जोडी मध्ये १६ जोडीलाई उपस्थित गराई सम्मानित गरेको हो।
गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष बिष्णु प्रसाद भट्टले दोसल्ला ओढाई सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियोे ।
बाकीँ जोडिहरु गाउँ भन्दा बाहिर बस्ने भएको हुँदा उपस्थित हुन नसकेकोले फेरि पनि सम्मान गरिने गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली ( जित बहादुर) ले बताउनु भयो।
संघीय गणतन्त्रात्मक लोकतन्त्रले देशमा जातिय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १५ बर्ष पुगि सक्दा पनि अहिले को बर्तमान अबस्थामा सामाजिक तथा सांस्कृित रुपमा जातिय विभेद को अंश बाँकीनै रहेको देखिन्छ।
त्यसलाई चिर्दै समाज बदल्न र समुदायमा भावनात्मक एकता र ब्यवहारीक सामाजिक मित्रता कायम गर्न अन्तरजातिय बिबाहले महत्वपुर्ण भुमिका खेल्दछ।
तर पनि आजका दिन सम्म भेदभाव तथा छुवाछुत कै कारण विभिन्न जिल्ला टोलमा जातिय घटना घटिरहेका समाचार बाहिरिने गरेका हुन्छन् ।
परिवर्तनको खातिर बारपाक सुलिकोट गाउँपालिकाले जनचेतना जगाउँदै अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गर्दै एक उदाहरण कार्य गरेको छ।
यो कार्य निरन्तरता भैरहने समेत अध्यक्ष बिष्णु भट्टले जनाउनु भएको छ। अध्यक्ष भट्टले हिजो मात्रै गाउँपालिका भित्र बसो बास गर्ने दलित समुदायको परम्परागत पेशा संरक्षणलाई निरन्तरता दिँदै आरानेहरुलाई आरानका सामान वितरण गर्नु भएको थियो ।

