Gold

सिन्डिकेट नगर्ने लिखित प्रतिवद्धता , हस्ताअक्षर गरि छुटे व्यवसायी नेता ,,

Naumule Migrate

वैशाख,२३ काठमाडौं – सिन्डिकेटको विरुद्द हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् ।

उनीहरुले यातायात संचालन गर्ने , सिन्डिकेट नगर्ने लगायतका कुरामा सहमति गर्दै लिखित प्रतिवद्दता मा हस्ताअक्षर गरि आईतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बाट रिहा भयको परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

देशै भरिका व्यवसायीहरुले लिखित प्रतिवद्धताजनायापछी मात्र उनीहरुलाई रिहा गरेको मोहन थापाले जानकारी दिय ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार देशभरीको यातायात बन्द आहृवान गरेको थियो ।

यातायातमा हड्ताल गरेको आरोपमा महासंघका महासचिव सरोज सिटौला त्यसै दिन पक्राउ परेका थिए, भने अध्यक्ष योगेन्द्र कर्माचार्य, उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का भने शनिबार पक्राउ परेका थिए ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले फेसबुकमार्फत विना शर्त रिहा भएको जनाएका छन् ।

सरकारले यतायात सुरु नगरे आफ्नो तर्फबाट सवारी साधन चलाउने जानकारी दियको छ। , सिन्डिकेट लागु नमान्ने सरकारको कानुन नमाने कडा भन्दा कडा कार्बाही गरिने जानकारी दियको थियो ।

यदपि कुनै सिन्डिकेट्को नाममा जनतालाई दुख दिन नमिल्ने सरकारले जनायको छ।

सिन्डिकेटको बारेमा २०६७ सालमा सर्वाच अदालतले परमादेश गरिसक्दा पनि यातायात संघले मानेन अब यो कुरा लागु भयर छोड्छ स्रोतले जनायो।

Naumule Badhipahiro