कोरोनामुक्त भएका युवकले अपहरमा परेको भन्दै एम्बुलेन्स तोडफोड गरेपछि ,

भदौ १५ ,भक्तपुर – भक्तपुरको सल्लाघारीमा गए राति एक पुरुषले आफु अपहरणमा परेको भन्दै प्रहरीको एम्बुलेन्स नै तोडफोड गरिदिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका विरामीले प्रहरीले आफुलाई अपहरण गरेको भन्दै सुरक्षाकर्मीलाई दुर्व्यहार पनि गरेका छन् ।

राति करिब १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर बाहिर निस्केपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुगेपछि प्रहरी चौकी सल्लाघारीले भक्तपुरको कमलविनायक बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ७ भदौमा बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए ।

पीसीआर जाँच रिपोर्ट नेगेटिभ आएपछि एपीएफ अस्पतालले उनलाई डिस्चार्ज गरेर प्रदेश ३–०१–००२ झ ५२३० नम्बरको एम्बुमा घर पठाएको थियो ।

तर सल्लाघारी पुगेपछि उनले अपहरणको परेको दावी गर्दै आफूलाई घर छाड्न हिँडेको एम्बुलेन्सको सिसा फुटाएर आतंक मच्चाउन थाल।

स्थानीय आएपछि सबैले एम्बुलेन्स चालकलाई घेरा हाले र चालक तनाबमा परे। एक छिनको छलफलपछि परिवार आफन्तले प्रहरीलाई बिरामी मानसिक समस्यामा अरहेको बताएका थिए। प्रहरीले

एम्बुलेन्सको सिसा मर्मत गर्दिने सहमतिमा प्रहरीले ति युवकलाई परिवारको जिम्मा लगाएको छ।