नेपालमा पहिलोपटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु ,
भदौ १५ ,काठमान्डौ – नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
महोत्तरीको मनरा सिसवा ४ का अन्दाजी सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइदैं गर्दा बाटैंमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले जानकारी दिएका छन् ।
यसबारे स्वास्थ्य मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङ्आमा आधिकारिक जानकारी गराउने छ ।
महोत्तरीमा निजी स्वास्थ्य संस्थामा काम गरिरहेका उनीमाथि केहि दिन अगाडी स्वास्थ्यमा समस्यामा देखिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौं ल्याइँदैं गर्दा उनको बाटोमा मृत्यु भएको छ ।