Gold

आज थपिए ८९९ कोरोना संक्रमित ,उपत्यकामा २९८ ,

Naumule Migrate

भदौ १५ ,काठमान्डौ – नेपालमा आज थप ८९९ जना कोरोना संक्रमित थपिएका छन्। जसमा ३०३ महिला र ५९६ गरि हाल सम्म ३९ हजार ४६० संक्रमित पुगेका छन्।

विभिन्न स्वास्थ्य संस्थामा गरिएको १११२९ पीसीआर परिक्षणमा नँया कोरोनाका संक्रमित बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

संस्थागत आईसोलेसनमा हाल सम्म १०७०१ जना रहेका छन् भने ७१२१ जना होम आईसोलेसन्मा रहेका छन्। तेस्तै विभिन्न क्वारिनटिनमा ७३३७ ,जना रहेका छन्।

गत २४ घन्टामा ५८८ जना डिस्चार्ज भएपछि कुल २१४१०जना हाल सम्म डिस्चार्ज भएका छन्।

आज उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। जसमा काठमान्डौमा १९०,जना रहेका छन्। ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

Naumule Badhipahiro