भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणबाट निधन,

भदौ १५ ,काठमान्डौ – भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणबाट निधन,भएको छ।

दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले ट्वीटरमार्फत जानकारी दिएका छन् भने भारतीय सञ्चारमाध्यामले पनि उल्लेख गरेका छन् ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको आरआर अस्पतालमा मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

गत मंगलबार उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरको सहायतामा राखिएको थियो ।

सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो ।

तेस्तै उनि सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।