Gold

बागलुङ उडेको,गृहमन्त्री सवार हेलिकोप्टर पोखरामा अवतरण ,

Naumule Migrate

भदौ १८ ,काठमान्डौ – बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोको लागि राहत सामग्री बोकेर काठमान्डौबाट बागलुङ उडेको गृहमन्त्री राम बहादुर थापा बादल सवार नेपाली सेनाको हेलिकोप्टर स्याङ्जाबाट फर्कीएर पोखरा अवतरण गरेको छ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले मौसम खराब भएपछि स्याङ्जासम्म पुगेर गृहमन्त्रीसहितको टोली पोखरा फर्किएको रंग दर्पणलाई बताए।

मौसम खुलेपछि बागलुङजाने तयारि भईरहेको भट्टराईले बताए। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको टोली साथमा छ।

गएराति बागलुङको ढोरपाटन नगरपालिका,९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । तेस्तै बाढीले तिन दर्जनबढी घर बगाएको छ खेत बारी बगरमा परिणत छन् ,वेपत्ताको खोजि कार्य तिब्र बनाईएको छ।

 

 

Naumule Badhipahiro