Gold

बदलिएको विद्यार्थी राजनीति र कमजोर नेतृत्व “

Naumule Migrate

भदौ १८ ,काठमान्डौ – विद्यार्थी भनेका कुनै शिक्षण संस्था, विद्यालय, विश्वविद्यालय आदिमा आवद्ध भइ नियमित रूपमा ज्ञान आर्जनमा लागिरहने ब्यक्तिहरु हुन।

आजको आधुनिक युगमा हरेक मानिसले विद्यार्थी जीवन पार गर्दै अगाडि बढीरहेको हुन्छ।विद्यार्थी जीवन ज्ञान आर्जनको स्वणि‍‍म समय हो।

युवा विद्यार्थीहरु हरेक दृष्टिकोणले जागरुक र सचेत हुन्छन् ।विद्यार्थीहरु हरेक प्रकारका विकृति र विसंगतिका विरुद्ध एक भएर मुकाबिला गर्दै अधिकार प्राप्तिको लडाइँ मा अग्रसर हुन्छन् ।

विगत का उदाहरणहरुले पनि त्यसको पुष्टि गर्छ जस्तो राणा शासन को विरुद्धमा आवाज उठाउने र संघर्षको मैदानमा आफ्नो ज्यानको बलि दिने काम युवा विद्यार्थीहरुले गरे।

२००४ सालमा जयन्तु संस्कृतम आन्दोलन पनि युवा विद्यार्थीहरु कै नेतृत्व मा सम्पन्न भएको थियो।पन्चायतकाल मा पनि कुलिन्तन्त्रका विरुद्धमा आवाज बुलन्द गर्ने युवा विद्यार्थीहरु नै थिए।

४६/४७ को आन्दोलन होस् या १० वर्षे जनयुद्ध र ६२/६३ को जनआन्दोलन यी सबै आन्दोलनमा युवा विद्यार्थीहरु नै अग्रमोर्चामा हुन्थे ।

थुप्रैपटकका परिवर्तनकारी आन्दोलनमा विद्यार्थी को अहम भुमिका रहेको थियो र हुन्छ।विद्यार्थीहरु राज्यब्यवस्थाका विरुद्ध रगत बगाउन अग्रसर भए , त्यसैले पनि भन्ने गरिन्छ विद्यार्थी आन्दोलन रक्तरन्जित गौरवपुर्ण गाथाले भरिएको एउटा गौरवमय इतिहास हो।

यो इतिहासलाई बिर्सिने र मेटाउने छुट कुनै पनि विद्यार्थी नेताको नाममा , गद्दारहरु लाई छैन ।शिक्षा क्षेत्रमा सल्बलाएका विकृति , विसंगती र अराजकताको विरुद्धमा , विद्यार्थी को हकहितका लागि सम्बन्धित सरोकारवाला पक्ष का गलत हर्कतका विरुद्ध एक भएर संघर्ष गर्ने मोर्चा हो विद्यार्थी संगठन ।

निश्चितरूपमा नयाँ ब्यवस्था स्थापना गर्न शिक्षामा पनि नयाँ संरचना र चिन्तनको आवश्यकता पर्छ नै तर राजनीतिक आन्दोलनले क्रान्तिकारी कदम नचाल्दा सम्म शिक्षामा नयाँ ब्यवस्थाको कुरा गर्नु कोदो पेलेर तेल निकाल्नु जस्तै हो।

झनै अहिले त विद्यार्थी आन्दोलनमा विभिन्न खाले समस्या देखा परिरहेका छन।दलाल र शैक्षिक तस्करहरु शिक्षा क्षेत्रमा हावी भएका छन।शैक्षिक दलाल र तस्करहरुले विद्यार्थीहरुले राजनीति गर्नुहुदैन भनिरहेको पाइन्छ।

जस्तो निजि स्कुलहरुमा संगठन बिस्तार गर्न नदिनु यसको एउटा ज्वलन्त उदाहरण हो।यसको अर्थ उनिहरु विद्यार्थी चेतनशील भएर शैक्षिक क्षेत्रमा भएको लूटतन्त्रलाइ विद्यार्थी ले बुझे भने आफ्नो कर्तुत उदाङ्गो हुने भय ले यसो गरिरहेका छ्न।

यस्तो अवस्था मा विद्यार्थीसमक्ष सहि कुरा पुर्याउनुपर्ने अहिलेको विद्यार्थी नेतृत्वको जिम्मेवारी हो।विद्यार्थीबाट जनस्तरमा जति आशा र अपेक्षा गरिएको हुन्छ , विद्यार्थी संगठनले वा क्रान्तिकारी आन्दोलनले जनअपेक्षा अनुसार कार्य पूरा गरेको पाइदैन।

यसो हुनुको मुख्य कारण विद्यार्थी आन्दोलनले सहि र गलत छुट्टाउने भन्दा पनि दलिय राजनीतिक स्वार्थमा प्रयोग हुने परम्पराले विद्यार्थी आन्दोलन भ्रष्टिकरण भएको पाइन्छ।अहिले विद्यार्थी नेताहरु नै शैक्षिक माफियाहरु संग मिलेर शिक्षा मा ब्यापार गरिरहेका छन् ।

हिजो जनवादी र वैज्ञानिक शिक्षाको पक्षमा सडक तताउने पुर्व अनेरास्ववियु होस् या त अखिल (क्रान्तिकारी )गरिखाने जनताका छोराछोरी लाई भर्र्याङ् मात्र बनाए।आफू सत्ताको नजिक पुगेपछि विद्यार्थी का मुद्दामा तुसारापत गर्ने प्रचलन हावी भयो।

अहिले देशमा दुई ठुला पार्टी पुर्व एमाले र माओवादी केन्द्र एकता भएको पनि दुई वर्ष बितिसकेको छ।तर पार्टी एकता प्रक्रिया सेल कमिटी सम्म अझै सम्पन्न हुन सकेको छैन ।

यसो हुँदा पार्टी भित्र अराजक तत्वहरु हावी हुने र असल र इमानदार नेतृत्व पाखा लाग्ने परिस्थिति सिर्जना हुन्छ।जसले गर्दा पार्टी लाई दुर्घटनामा धकेल्छ।पार्टीभित्र नीति , नियम, विधि, कानुन र विधान बनाउनेहरुले नै कानुन पालना गरेर देखाए पो अरु नेताकार्यकर्ता ले सिक्छन।

तर यहाँ कानुन मिच्न सक्ने र फाइफुर्ती देखाउनेलाइ ठुलो मान्छे भन्ने र त्यही कुखुरेडन प्रवृत्ति को नेता लाई मान्ने सस्कार बसेको छ। यस्तो परिपाटीले भोलिको समज गम्भीर दुर्घटनामा फस्ने सम्भावना देखिन्छ ।

त्यसैले खराब प्रवृत्तिका मान्छे राजनीतिमा हावी हुदा आम जनतामा निराशा को बादल मडारिएको छ।भ्रष्ट र तस्करहरु हरेक क्षेत्रमा अगाडि छन् ।आज वडादेखी सिंहदरबार सम्म फैलिएको तुजुक फजुल खर्च, अर्बौं रुपियाँको निरर्थक ब्ययभार तथा म मालिक हु भन्ने मानसिकता हेर्दा राजनीति फोहोरी खेलमा परिणत भएजस्तो लाग्छ।

आज राजनीति क्षेत्रमा , समाज ,जनता रास्ट्रका बारेमा कुनै चासो नराख्ने तर मै खाउ मै लाउ अरु सबै मरुन भन्ने सोचका द्रब्यपिचासहरु टोलटोल र बस्तिबस्ती मा भेटिन्छन।त्यस्ता लोभिहरु निजामती , प्रहरी , निजि क्षेत्र , ब्यापार , उद्योग , राजनीति हरेक क्षेत्रमा बर्चस्व कायम गरेर बसेका छन् ।

हाम्रो समाजमा श्रीमतिलाइ सुनकै दाम्लो भिराउने देखि सुनकै काम्लो ओडाउन चाहाने छुद्र मान्छेहरु पनि छन।पार्टी एउटा जिउँदो वस्तु हो।यसमा दुईलाइन संघर्ष हुन्छ।बिचारको लडाइँ हुन्छ।बहस हुन्छ , हुनुपर्छ यी सबै कुरा पार्टी पद्धति अनुरुप हुनुपर्छ ।

संगठनको नियम अनुरुप हुनुपर्छ ।तर अहिले फरक तरिकाले गरिएको छ।क्रान्ति र पार्टीप्रती चिन्ता र चासो हुनु र राख्नु स्वभाविक हो।पार्टी र संगठन लाई नयाँ उचाई मा पुर्याउनको लागि अहिले भैराखेको जस्तो तुच्छ र घृणित तरिकाले होईन नयाँ विधि र पद्धति अपनाउनुपर्छ।

मान्छेहरु बैचारिक राजनीतिक बहसलाई तर्कसंगत ढंगले खण्डन गर्न नसकेपछि गालिगलौज मा उत्रिन्छ्न।अहिले हाम्रो पार्टी र विद्यार्थी संगठन मा यस्तो प्रवृत्ति छताछुल्ल रूपमा देखिएको छ।

यस्तो प्रवृत्ति लाई लेनिन ले कमजोर मानसिकताको उपज हो भन्नुहुन्थ्यो ।कसैलाई तर्क र तथ्यले जित्न सकिएन भने गाली गरेर आत्मसन्तुष्टि लिने घृणित प्रवृत्ति हो।पिछडिएको मानसिकता र संस्कार को अभिव्यक्ति हो।जो अहिले हाम्रो विद्यार्थी संगठन मा देखिएको छ।

एक पक्षले अर्को मन नपरेको ब्यक्ति वा पक्ष लाई मिथ्या आरोपप्रत्यारोप गर्ने र पार्टी र संगठनलाई विभाजन गर्न खोज्ने बिखंडनकारी तत्वहरु सल्बलाइ राखेका छन।उनिहरुलाइ पार्टी , संगठन को बृहत् एकता पचेकै छैन।

म नै सर्वैसर्वा हु अरु सबै रैती हुन भन्ने पिछडिएको मानसिकता बोकेका छौडाहरु संगठनलाई आफ्नै मुठ्ठीभर चलाउन खोज्दैछन् ।युगको माग नबुझ्ने ब्यक्ति , संगठन वा पार्टी जोसुकै भएपनी इतिहासबाट बिलाएर जान्छ।श्रमिक वर्गका छोराछोरी को पिरमर्का बुझ्न नसक्ने संगठन वा नेता पतन भएर जान्छ।

सामान्यतया राजनीति तर्क र विवेक मा चल्नुपर्ने हो तर चलेको देखिदैन ।राजनीतिमा तर्कभन्दा भावना र भावनाभन्दा समुह स्वार्थ बलियो देखिन्छ।अहिले विद्यार्थी नेताहरु सिमित पार्टी नेताहरुको देवत्वकरण गर्नमै महत्त्वपूर्ण समय ब्यतित गरिरहेका छन् ।

तमाम गरिखाने श्रमिक जनताका छोराछोरीको भबिस्यका बारेमा चु नबोली सत्ताको जुठो खाएर चुप बस्ने छुट संगठनमा रहेका नेतृत्वलाई छैन।विद्यार्थी संगठन भनेको जहिल्यै सडक संगठन हो, त्यसैले सडकका मान्छेहरुको आवाज सुन्छ र बुलन्द गर्दै राज्यसम्म पुर्याइ अधिकारको प्रत्याभूति गराउछ।

तर अहिले संगठनमा सत्ताको जुठो खान पल्केका जुठेहरु सत्ताको महिमागान गाउनमै ब्यस्त छन, उनिहरुलाइ गरिब विद्यार्थी को हकहितका लागि बोल्ने र काम गर्ने फुर्सद छैन।यस्तो प्रवृत्तिले विद्यार्थी आन्दोलन मा खिया लगाइरहेको छ।

अहिले नेपालको शिक्षा प्रणालीलाई नियालेर हेर्ने हो भने हाम्रा विश्वविद्यालयहरु शैक्षिक ब्यरोजगार उत्पादन गर्ने कारखाना जस्तै भएका छन् ।डिग्री हासिल गरेका लाखौ युवा विद्यार्थीहरु आफुले प्राप्त गरेका शैक्षिक योग्यताका प्रमाणपत्र लाई बाकसमा थन्क्याएर रोजगारीको लागि विदेशीन बाध्य छन।

नेपाल मा भएकाअलिकति चलखेल गर्ने गलत नियत बोकि कमाउको राजनीति गर्ने विद्यार्थी नेताहरु दुईनम्बरी धन्दा गर्नमै लिप्त छन।पछिल्लो विद्यार्थी पुस्ता नराम्रो संग कुलतमा फसिसकेको छ।

आ- आफै विद्यार्थी नेता बन्ने प्रचलन व्यापक भएको छ।राज्यले उत्पादन र ब्यवसायमुखी शिक्षाप्रणाली लागू गर्नुपर्ने देखिन्छ।यसको लागि विद्यार्थी राजनीति गर्ने नेताहरूले गुरु योजना निर्माण गरि गरिखाने शिक्षा लागू गर्नको लागि पहल गर्नुपर्ने हो।

प्राकृतिक स्रोत र साधनलाई उपयोग र परिचालन गरि हरेक क्षेत्रको रुपान्तरण गर्न सक्ने सैद्धान्तिक र ब्यवहारिक ज्ञान सीप र दक्षता भएको जनशक्ति उत्पादनमा केन्द्रित शिक्षा प्रणाली लागू गर्न राज्य लाई दबाब दिऔ।

यसरी मात्रै सम्भव छ सुखी नेपाली समृद्ध नेपाल को परिकल्पना साकार पार्नलाइ।विद्यार्थी नेताले क्षणिक मिठो फल प्राप्ती होइन समग्र रास्ट्रलाई नै प्रगतिको मार्गमा डोर्‍याउने लक्ष्य सहित अगाडी बढनु अहिलेको आवश्यकता हो।

किशोर सुवेदी ,
कर्णाली प्रदेश प्रेस संगठन सदस्य,,

 

 

Naumule Badhipahiro