बामदेवलाई राष्ट्रियसभा सदस्यमा लैजाने नेकपाको निर्णय,

भदौ १८ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टीको निर्णय अनुसार राष्ट्रियसभा को सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका हुन्।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले गौतमलाईनै सिफारिग गर्ने बताएको जानकारी दिएका हुन् ।


यस अघि अर्थमन्त्रि युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा पठाउने निर्णय गर्ने भनिएपनि बैठकमा केहि नबोलेको श्रोतले जानकारी गरेको हो।
गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो ।
