Gold

अर्थ मन्त्रि युवराज खतिवडाले राजिनामा दिने तयारि ,

Naumule Migrate

भदौ १९ ,काठमान्डौ – युवराज खतिवडाले आज राजिनामा दिने भएका छन् । राष्ट्रियसभाको सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नेकपाले सिफारिस गरेपछि अर्थ सूचना तथा सञ्चारमन्त्रि युवराज खतिवडाले राजीनामा दिन लागेका हुन् ।

खतिवडाले बुधबार राजिनामा दिने तयारी गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए ,आज ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

यसैबीच खतिवडाको बहिर्गमनसँगै अवको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको चर्चा भईरहेको छ । खतिवडको अबको बाटो कता भन्ने सबैको मनमा जिज्ञासा छ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी रहेको उनको निकट श्रोतले जानकारी गरेको हो।

Naumule Badhipahiro