Gold

उद्योगपति विनोद चौधरीको कोरोना अनुभव ,

Naumule Migrate

भदौ २७ ,काठमान्डौ – उद्योगपति विनोद चौधरीले आत्मबललेनै कोरोन जित्न सकिने बताएका छन्। आफुलाई कुनैपनि लक्षण देखा नपरेर कोरोना संक्रमण देखिएपछि आफु डाक्टरको सल्हाअनुसार आईसोलेसनमा रहेका थिए।

केहि हप्ता अगाडी कोरोना पोजेटिभ देखिएका चौधरीलाई हिजो पीसीआर परिक्षण गर्दा नेगेटिभ आएको उनले बताएका छन्। बाहिर समचारमा आएजस्तै भने आफुलाई नभएको तर हल्का टाउको भारि हुने ,हल्का ज्वरो आएको उनले बताए।

कोरोनालाई जित्न भने आफ्नो सबैभन्दा ठुलो भनेको आत्मबलनै रहेको अनुभव उनले सार्वजानिक गरेका छन्। अहिले कोरोना लागेर आफु निको भएको हैसियतले आफुले यो अभिव्यक्ति दिनुपरेको चौधरीले बताए।

तर कोरोनालाई केहि होइन भनेर भने कोहिपनि नबस्न उनले आग्रह गरे। कोरोनाको पहिलोचरणलाईनै आफुले सामान्य रुघाखोकीलाई लिएको तर तेस्लाई अगाडी बढ्न नदिनुनै उतम हुने उनले बताए।

स्वास्थ्य मापदण्डको पालन गर्दै औषधिजन्य गुण भएका वस्तुहरुलाई प्रयोग गर्ने ,नियमित शारीरिक बयान गर्नसके कोरोनाको लागि डाक्टर आवस्यक पर्छ जस्तो लाग्दैन उनले भने। विश्वमा फैलिरहेको यो कोरोना भएको र सत्यपनि तेही रहेको उनले बताए।

Naumule Badhipahiro