surkhet

भक्तपुर घटना तिन जनाको मृ,त्यु रहस्यमय शवलाई राम नाम लेखेको पहेलो कपडाले छोपीएको अवस्थामा ,

surkhet

भदौ २७ ,भक्तपुर – भक्तपुर थिमी तिन जना र एक कुकुरको मृ,त्यु प्रकरण रहस्यम बन्दै गएको छ। मध्यपुर थिमि नगरपालिका,९, निकोसेरामा एउटै परिवारका तीनजनाको शव भेटिएको घटनामा पत्नी र छोराको ह,त्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मध्यपुर थिमी नगरपालिका ६ कुण्डोल बस्ने मृ,तक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न ५ बजे दाजुको घरमा मासु पुर्याउन जाँदा दाजुका सबै परिवार मृ,त देखेपछि घटनाबाहिर आएको थियो ।

उनि घर पुग्दा घरको मूल ढोका केहि खुलेको थियो ,घरमा बोलाउंदा कोहि नबोलेपछि ढोका खोलेर हेर्दा भित्र तिन जनाको शव र एक कुकुर मृत अवस्थामा फेला परेको थियो। महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र फरेन्सिक विज्ञको टोली घटनास्थलमा पुगेको थियो ।

Dailekh

घटनाको प्रारम्भिक अनुसन्धानमा भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृ,त्यु भएको देखे ।

भित्तामा समेत रगतको छिट्टा देखिएको छ ,दुवै जनाको टाउकोमा गहिरो चोट थियो ,आमा–छोराको शवमा राम नाम उल्लेख पहेँलो कपडाले छोपेको समेत पाइएको छ ।’ प्रहरीले शनिबार बिहान घटनास्थलसँगैको धानखेतबाट २ वटा सेल्फस नामक विषादीको बट्टा बरामद गरेको छ ।

घटनास्थलको प्रकृति अनुसन्धान गर्दा सुरुमा पत्नीलाई सुतेकै अवस्थामा दाउराले टाउकोमा प्रहार गरी हत्या गरेपछि छोराको पनि टाउकोमा प्रहार गरेको र छोराले प्रतिकार समेत गर्न खोजेजस्तो देखिएको प्रहरीले जनाएको छ ।

एसएसपी थापाका अनुसार सुशान्तको शव नजिकै दाउ फेला परेको छ । आमा,छोरा दुवै जनाको शव कुहिएर किरा परेको अवस्थामा भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाले बताए।

Gorkha

घरको पहिलो तलामा कुकुर र माथिल्लो तलामा सुदिपको शव भेटिएको थियो । कुकुर र सुदिपको मृत शरीर भने नकुहिएको प्रहरीले बताएको छ । अनुसन्धानमा कम्तिमा दुई दिन अघि आमा छोराको हत्या भएको हुनसक्ने प्रहरीले बताएको हो।

माथिल्लो तलामा मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक नभएको तर उनले वान्ता गरेको देखिने अनुसन्धानमा खटिएका प्रहरीले बताए।

मृतकको शव र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप कुरा थाहा हुने महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।तेस्तै प्रहरीले घटनामा शवपरीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ ।

विष वा लठ्याउने अन्य कुनै औषधीको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ ।मृतकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन्।

चारदिन अघि मृतकका परिवारले पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए वा नआएको याद नभएको प्रहरीसामु बयान दिएका छन् ।आफन्तले बताएअनुसार केही महिना अघिसम्म एक औषधि कम्पनीमा काम गरेका सुदिपले पत्नीसँगै घरकै भूइँतलाको सटरमा किराना पसल संचालन गर्दै थिए ।

ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएर पसल संचालन गरेको पाइएको छ । घर बैंकमा धितोको प्रक्रिया रहेको पाइएको प्रहरीले जनाएको छ । बैंक धितोबारे अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको ।

घरमा आर्थिक झमेलाले पनि विवाद भएर घटना घटेको हुनसक्ने वृत्त प्रमुख डीएसपी कँडेलले बताए । तिनै जनाको शव शनिबार पोष्टमार्टम भइसकेको र रिपोर्ट आएपछि थप अनुसन्धान र जानकारी हुने माहाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए ।

 

 

salyan