Gold

आजदेखि लामो दुरीका यातायात संचालनमा आउने भाडा ५० प्रतिसत बढी ,

Naumule Migrate

असोज १ ,काठमान्डौ – आजदेखि यातायात व्यवसायीसंघले लामो दुरीका यातायात संचालनमा ल्याउन लागेका छन्।

विगत ६ महिनादेखि बन्द रहेका लामो दुरीका यातायात आज विश्वकर्माको पुजा गरेर संचालनमा ल्याउन लागेको संघले जनाएका हुन्।

५० प्रतिशत भाडा बढी लिने र सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन पाइने सरकारले निर्णय गरेको छ।

गाडीमा यात्रा गर्दा माक्स अनिवार्य लगाउनुपर्ने ,सेनिटाईजर प्रयोग गर्नुपर्ने र स्वास्थ्य मापदण्डको पालना गरे नगरेको ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ ।

तेस्तै यातायात व्यवसायी र चालक महासंघले आजबाट गाडी चलाउन र सबै चालक, सहचालक र यात्रुलाई सुरक्षा मापदण्ड पुर्याएर संचालनमा ल्याउन जानकारी गरेका छन्। उपत्यकामा चल्ने यातायातमा भने जोर विजोर लागु कायमनै गरिएको छ।

Naumule Badhipahiro