Gold
Bangad salyan

कक्षा ११ पढ्न डि प्लस ल्याउने प्रावधान हट्यो ,

Salyan

असोज ४ ,काठमान्डौ – राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटाएको छ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार भदौ ११ गते बसेको परिषदको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको हो।

कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय पढ्न भने एसईईमा जीपीए १.६ सँगै अंग्रेजी, विज्ञान र गणितमा ‘सी प्लस’ पनि ल्याउनै पर्दछ ।

परिषदबाट विद्यालयमा निरन्तर मूल्यांकन र अक्षराङ्कन पद्धतिका बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको अध्यक्षतामा समिति गठन भएको केन्द्रले जनाएको हो।