समाज परिवर्तनको नेतृत्व निर्माण स्वयम् आफ्नै आन्दोलनबाट जन्मिन्छ,

असोज ८ ,काठमान्डौ – आदरणीय दलित तथा उत्पीडित समुदायका सम्पुर्ण मित्रहरुमा मेरो के अभिब्यक्ति छ भने यहाँ थुप्रै मित्रहरुले बिभित आफ्ना प्रतिक्रिया तथा अभिब्यक्तिहरु प्रस्तुत गर्नु भएको छ।
मलाई अत्यन्तै महत्वपूर्ण प्रश्न ? चाहिँ के लाग्यो भने नेतृत्व सम्वनधी एकजना मित्रले निक्कै जटिल र गम्भीर बिषय प्रति प्रश्न उठाउनु भएको छ। त्यो बिषय उठाउनु अनिवार्य र आवश्यक पनि छ।
नेतृत्व द्वारा चाहे त्यो जातीय आन्दोलन होस चाहे १० बर्षे ऐतिहासिक महान जनयुद्ध कै कुरा गरौँ जहिले पनि बिग्रिने गरेको चाहिँ नेतृत्व द्वारा नै भएको छ यो कुरा सत्य हो साथिहरुलाई म एउटा कुरा के भन्न चाहनुहुन्छ भने आन्दोलनमा नेतृत्व कहिले पनि बनिबनाउ पाइदैन हो एउटा अगुवाइ भने आवश्यक हुन्छ।
तर सही नेतृत्वको निर्माण स्वयम आन्दोलनबाट नै जन्मिन्छन मुख्य कुरा आन्दोलन र सङ्घर्षमा भरपर्ने कुरा हुन्छ नेता र नेतृत्वको उत्पादन तथा बिकाश वर्ग सङ्घर्ष तथा अन्तरविरोध हरुका बिचबाट जन्मीने र उत्पादन हुने कुरा यहाँ पुरुषहरुको बिष्लेषण रहेको ।
बिज्ञान र बैज्ञानिक प्रयोग द्वारा सहि बिचारको विकास हुने कुरा बैज्ञानिक महाँ पुरुषहरुका भनाई रहेका छन र बिज्ञानको नियमलाई मान्ने जोसुकैले पनि बनि बनाउ र रेडिमेड वस्तुहरुलाई अस्वीकार गर्ने गर्दछ।
तसर्थ मित्रहरुलाई मेरो के अनुरोध र हार्दीक आग्रह गर्दछु भने जहिले पनि सकारात्मक कार्यका मार्गमा अत्यन्तै थोरै र गन्तिमा यात्राका फाईलहरु बढाउने गर्दछन तव सम्म अल्पसंख्यक रुपमा रहन्छन।
जहिले सम्म आन्दोलन वा जुनसुकै कामको भएता पनि जव उज्यालो र प्रसस्त मात्रामा मार्गदर्शक लक्ष्यको सानै भ्रुनाअवस्था मात्रै किन नहोस त्यस्को रुप देखा पर्न थाल्छ तव आन्दोलनमा लहरका लहर सृंखलावद्ध रुपमा गाँसिदै र जोडिदै जानेक्रम जोडदार रूपमा गुणात्मक रुपमले छलाङ्ग मार्दै आगडि बढ्दै जान थालद छन।
२- अर्को बिशेष
महत्वपूर्ण बिषय के छ भने एकल जातीय क्षेत्रीय वा लिङ्गिय मुक्ति पुथक्तावादी दृष्टिकोण द्वारा कदापि सफल हुन असम्भव हुन्छ।
त्यसर्थ आन्दोलनलाई वर्गीय आन्दोलन र बर्ग सङ्घर्षसङ्ग जोडनु अनिवार्य र आवश्यक हुन्छ किनभने समग्र बिभिन्न प्रकारका बिभेद अन्तरविरोध हरुको समाधान र उन्मुलन बर्ग सङ्घर्ष वा शसस्त्र बर्ग सङ्घर्ष द्वारा एउटा मालेमावादी सँच्चा सर्वहारावर्गको नेतृत्वमा निर्माण गरिएको क्रान्तिकारी कम्निष्ट राजनैतिक पार्टी सङ्ग जातीय तथा क्षेत्रीय र लिङ्गिय लगायतका समस्त अन्तरविरोध र समाजिक बिभेद तथ जातीय छुवाछूतका समाजिक अन्तरबिरध हरुका समुलनष्ट यस्ले मात्रै गर्न सक्छ।
३ – सबै समस्याहरुको मुख्य र प्रधान अवरुद्ध भनेको सत्ताको परिवर्तन मात्रै होईन कि राजनीतिक परिवर्तन को आवश्यकता हुन्छ त्यो पनि श्रमजीवी बर्ग र किसान एव सर्वहारा वर्गको अधिनिष्ट तथा गरिखाने वर्गहरुको नेतृत्वमा निर्माण हुने र सबैजाती वर्ग र क्षेत्र एव लिङ्गका यदि इत्यादि समग्र बिभेदहरु र सबैखाले अन्तरविरोध हरुको हल गर्ने एउटा बैज्ञानिक सिद्धान्तका आधारमा वर्ग सङ्घर्ष द्वारा स्थापित हुने राजनीतिक आमुल परिवर्तन द्वारा मात्रै सबै समसया हरुबाट मुक्ति प्राप्त सम्भव हुन्छ।
तसर्थ हामीले एकल जातीय सङ्घर्ष त्यो चाहे सामाजिक होस चाहे राजनैतिक होस हामी हरुको मात्रै एक्लैको आन्दोलन द्वारा परिपुरक कतै हुन असम्भव हुन्छ।
एस के सर्जन परिवर्तन ,
