सशस्त्र प्रहरीद्धारा करिब डेढ लाखको सर-समान नियन्त्रणमा,

रविन्द्र यादव ,
असोज २२ ,नवलपरासी – नवलपरासी पश्चिम सशस्त्र प्रहरीले बुधबार जिल्लाको विभिन्न नाकाबाट भन्सार छलि ल्याएको अवैध सर समान नियन्त्रणमा लिई भन्सार बुझाएको छ ।

सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले सिमानाका बाट मटर, हार्डवेयर पार्टपुर्जा र लत्ताकपडा लगायतका सर समान नियन्त्रणमा लिई अावश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी २६ नं गणका एसपी महेश अधिकारिले जानकारी दिए ।

उक्त सर समान करिब डेढ लाखको रहेको सशस्त्र प्रहरी २६ नं गणले जनाएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपाल – भारत सिमा बन्द गरिएको छ ।
सिमामा दिनरात सशस्त्र प्रहरी खटिएको भएपनि तस्करहरूले सुरक्षाकर्मीको अाखा छलि तस्करी गरि रहेका छन
