जुस पिउदै डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडे
असोज २५ ,काठमान्डौ – डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । सरकार संग ८ बुँदे सहमति भएपछि डा. केसीले शनिबार २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौ देखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमान्डौ ल्याईएको थियो।
उपचार गर्न नमानेपछि केसीलाई पुलिसले जबस्जस्ती ट्रमा सेन्टरमा उपचारको लागि लागेका थिए ,केसीले भने आफु त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेभनेपछि कोठा नं. ५०१ मा राखेर उपचार गरिएको थियो
। केसीले अनशन तोड्दै गर्दा उनका समर्थकले फेरी आमरण अनशन बस्न नपरोस जस्ता लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।
डा. केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका नहोस भन्दै उनुहरुले सरकारलाई फेरी पनि ध्यानाकर्षण गरेका हुन् ।