बन तथा वातवरण मन्त्रालयका सचिवालय सदस्य धिरज उपरकोटीद्वारा सशस्त्र प्रहरी बललाई ल्याप्टप देखि प्रोजेक्ट हस्तान्तरण ,

रंग दर्पण ,

असोज २८ ,काठमान्डौ – नेकपाका युवा नेता बन तथा वातवरण मन्त्रालयका सचिवालय सदस्य धिरज उपरकोटीले सशस्त्र प्रहरी बल ईन्चार्ज डिएसपी राजेन्द्र अधिकारीलाई एक लाख बराबरको सामान हस्तान्तरण गरेका छन्।

उपरकोटीले आज गोरखा जिल्ला सशस्त्र प्रहरी बल नेपालगण ,२९ गुल्म हेडक्वाटर आले गोरखा कार्यलयमा पुगेर ईन्चार्ज अधिकारीलाई ल्यापटप ,प्रोजेक्ट ,र पर्दा स्याटन हस्तान्तरण गरेका हुन्।

गोरखा जिल्लामा सक्रिय उदायमानेतामा देखिने गरेका धिरज उपरकोटी पछिल्लो समय समाजसेवामा निकै सक्रिय देखिन्छन।

उपरकोटीले कोरोना महामारीको बन्दा बन्दिमा समेत दैनिक गरिब असाहय ,गोरखा बारपाकबाट काठमान्डौमा बसोबास गर्ने युवा विद्यार्थी जनयुद्दका घाईतेको घर कोठामा पुगेर खाद्यान वितरण गरेका थिए।

आफ्नो जिम्मेवारीलाई ईमान्दारिपुर्व पालना गर्ने युवानेता धिरजलाई मन्त्रालयमा नेपालका ७७ वटा जिल्लाबाट मन्त्रीलाई भेट्न आउने ब्याक्तिले गुणगाउने गर्दछन।

राजधानीबाट महिनामा कयौपटक धिरज स्थानीय आफ्नो पालिकामा पुगेर भेट घाट तिब्र पार्ने गर्दछन। मन्त्रि स्थानीय जनप्रतिनिधिलाई खबरदार गर्दै उपरकोटीले स्थानीयमा विकासका लहर योजनालाई तिब्र पार्न समेत आग्रह गरेका छन्।