नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको यस्तो धन्दा पत्रकारलाई पैसा बाँड्दै हिड्दै ,

कार्तिक ४ ,काठमान्डौ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ ।
कोइरालाका स्वकीय सचिव भरत तिवारीले खामामा १ हजारका नोटले १५ हजारका दरले हालीएका रकम बाँड्दै हिँडेका हुन् ।
अनलाईन खबरका सञ्चारकर्मीलाई पनि फोन गरेर भेट्न बोलाई तिवारीले कार्यालय सहयोगीलाई बन्द खाम थमाएका थिए, जसमा १५ हजार रुपैयाँ (हजारका १५ वटा नोट) रहेको पाईएको छ।
कार्यालय सहयोगीले ल्याएको खाममा कुनै कागजात पो छ कि भनेर खोलेर हेरेपछि लगत्तै अनलाइनबरकर्मी राजकुमार श्रेष्ठले तिवारीलाई फोन गरे ।
खाममा १५ हजार रुपैयाँ भेटिएको बताउँदै यो कसले पठाएको भनेर श्रेष्ठले दोहोर्याएर सोधे । तिवारीले ‘महामन्त्री शशांक दाइले दसैंका लागि पठाउनुभएको’ जवाफ दिए ।
अनलाइनखबरकर्मीले यो रकम फिर्ता लिन आउन आग्रह गर्दा उनी अर्को ठाउँमा (पैसा बाँड्न ?) पुगिसकेको बताउदै फोन गर्ने बताए।
अनलाइनबरकर्मी श्रेष्ठले यस्तो रकम आफूले कुनै हालतमा स्वीकार नगर्ने बताएपछि तिवारीले कृष्ण न्यौपानेको नाममा रहेको नबिल बैंकको खाता नम्बर दिए ।
तिवारीले दिएको सो खातामा कांग्रेस महामन्त्रीले पठाएको १५ हजार रुपैयाँ डिपोजिट गरेर अनलाइनबरका तर्फबाट फिर्ता गरिएको हो ।
