तस्करलाई हानेको गोलि बालकको टाउकोमा लाग्यो ,
कार्तिक १३ ,वीरगन्ज – प्रहरी र तस्करबीच झडप हुँदा प्रहरीले हानेको गोलि लागेर एक बालक गम्भीर घाइते भएका छन्।
बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा बुधबार बेलुकी तस्करलाई सघाउने स्थानीय र प्रहरीबीच भएको झडपमा चलेको गोलि लागेर कबहीगोठका चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका हुन्।
उनको टाउकोमा गोलि लागेपछि ,वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ। झडपमा स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएका छन्।
घाईते हुनेमा प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।
घाईते उनीहरुको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते प्रहरीमध्ये प्रहरी नायव निरीक्षक गिरीको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।
तस्करले भारतबाट तस्कर गरेर ल्याएको आठ बोरा प्याज र ४ वटा मोटरसाईकल इलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएको थियो ।
कबहीगोठ प्रहरीले नियन्त्रणमा लिएको तस्करीको प्याज बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दै प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि झडप भएको हो।
झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाईफायर समेत गरेको थियो। स्थानीयको हुललाई नियत्रण गर्न खोज्दा सडक छेउम अब्सेका अबालकको टाउकोमा छर्रा लागेको प्रहरी निरीक्षक यादवले बताए।