भालेको आक्रमणबाट प्रहरी अधिकारीको मृत्यु,
कार्तिक १३ ,एजेनसि – भाले जुधाइ भइरहेको ठाँउमा छापा हान्न पुगेका प्रहरीहरूमाथि भालेले आक्रमण गर्दा फिलिपिन्समा नगर प्रहरी प्रमुखको मृत्यु भएको छ।
फिलिपिन्समा भाले जुधाइ चर्चित खेल हो। यस्ता अवैध रुपमा भाले जुधाई रोखना प्रहरीले छापा हान्ने गर्दछ।
गत सोमबार उत्तरी फिलिपिन्सको समार प्रान्तको मदुग्याङ्ग गाँउमा प्रहरीले अवैध भाले जुधाइ भइरहेको ठाँउमा छापा मारेको थियो। भाले जुधाईमा हुने र कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले यो खेल रोकेको छ।
छापा मार्न पुगेका नगर प्रहरी प्रमुख क्रिस्टियन बोलोकले एक भालेलाई समात्न खोजेका थिए।
प्रान्तका गभर्नर एड्विन ओङ्गचुआनका अनुसार भालेको खुट्टामा ब्लेड लगाइएको थियो। भालेले बोलोकमाथि आक्रमण गर्दा उनको खुट्टाको एउटा नसा काटिएको थियो।
उनको लगातार रगत बगेको थियो ,रगत रोक्न अन्य प्रहरीले कपडाले समेत बेरेका थिए ,तर रगत बग्न क्रम नरोकीएपछि उनको मृत्यु भएको गभर्नर ओङ्गचुले बताए।
अवैध भाले जुधाइमा सहभागी भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै अन्य तीन जना फरार रहेको द गार्दियनले जनाएको छ। प्रहरीले सात वटा भाले पनि बरामद गरेको छ।
समार प्रान्तमा कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न लागि परेको भन्दै ओङ्गचुआन र स्थानीय सरकारले बोलोकको तारिफ समेत गरेको छ।
उनको मृत्यु पछि सरकारले परिवारलाई आर्थिक सहयोग समेत गरेको अधिकारीहरूले बताएका छन्।