गायक विष्णु खत्रीको लाहुरेबाको आगनीमा गितले पायो युटुबमा चर्चा ,

कार्तिक १६,काठमान्डौ – चर्चित लोक तथा दोहोरि गायक विष्णु खत्रीले सधैंका वर्षझै यसपालि पनि तिहार गीत लिएर आएका छन ।

दशैका लागि ऋणै रिनको भारी गीत दिइ सकेका खत्रीले तिहारको लागि लाहुरेबाको आगनीमा बोलको गित बजारमा ल्याएका हुन्।

लाहुरेबाको आगनी मास्टरसाब र नेता ज्यूको आगनीमा गरि तीन घरमामा छयांकन गरिएको यो गित अहिले युटुबमा निकै चर्चा पाएको देखिन्छ  ।

यसले विल्कुलै पुरानो संस्कृतिलाई झल्काउछ । गीतले संस्कृतिको पाटो मात्र बोकेको छैन शन्देश पनि बोकेको छ ।

गितले नेताहरुलाई सुध्रिएर जनताको काम र विकास गर्न आग्रह गरेको छ।

बिष्णु खत्री, मुना थापा मगर ,टीका पुन को कर्णपृय स्वर रहेको यो गितमा बिष्णु खत्री र कुशल भण्डारीको शब्द रहेको छ।

यस भिडियोलाई गोरियोग्राफी सवीन गुरुङले गरेका हुन भने निर्देशन होम गुरुङले गरेका हुन ।

निर्मल क्षेत्री सम्झना खत्री सगुना खत्रीको अभिनय रहेको गीतलाई अहिलेका व्यस्त सिनेमाटोग्राफर मरुभूमि नारायणले छायाङकन गरेका हुन ।

यस अघि नै बिसौ लाखको माया पाइसकेको बिचल्ली जाउँला दोरपाटन डाँडा काँडाको गीत समेत मरुभूमिले नै छायांकन गरेका थिए ।

कुशल सम्पादक रोगन धिताल द्वरा सम्पादित लाहुरेबाको आगनीमा विष्णु खत्रीकै यूट्यूब च्यानल बाट बजारमा आएको हो। गित अहिले ट्रेन्डडिङमा चलिरहेको छ ।