सुर्खेत भेरिगङगा नगरपालिकामा ३२ जना नेपाली काङ्ग्रेसका कार्यकर्ता नेकपामा प्रवेश,
कार्तिक २१ काठ्मान्डौ – सुर्खेतको भेरिगङगा नगरपालिका ११ मा ३२ जना नेपाली काङ्ग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।
भेरिगङगा नगरकमिटी सद्स्य अमर विकको उपस्तिथिमा उनिहरुले हिजो २० गते नेकपामा प्रवेश गरेका हुन ।
तेस्तै पार्टी प्रवेश गर्नेहरु कतिपय भने १ महिना अगाडि नेकपाबाट नेपाली काङ्ग्रेसमा समेत प्रवेश गरेका थिए ।
भेरीगङ्गा नगरपालिका मेयर भुपेन्द्र चन्द उपमेयर रेनु ढकालले आफुहरुलाई विभिन्न प्रलोभनमा पारी नेकपाबाट नेपाली काङ्ग्रेसमा प्रवेश गराएको भन्दै उनिहरु पुनः नेकपा प्रवेश गरेका हुन ।
आफुहरुले अन्जानमा गल्ती गरेको भन्दै मान्सिङ विक र गुर्भाकोट ७ का वडा सचिव टेक बहादुर टमटाको पहलमा नेकपामा प्रवेश गरेका छन ।
नव प्रवेशीहरुलाई अमर विकले अबिर दोशल्ल सहित स्वागत गरेका थिए ।