पैसा गन्दा यस्तो गल्ति कहिले नगर्नुहोस,यस्तो छ धार्मिक आकलन
काठमाडौ । मान्छेको जीवनमा धन, सम्पत्तिको धेरै नै महत्व छ । पैसा कमाउन त्यति सजिलो छैन र बचाउन पनि । मेहेनत गरेर कमाएको पैसा जोगाउन धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ । हामी पैसा गन्दा, राख्दा, दिँदा, लिदा पनि गल्ति गरिरहेका हुन्छौं ।
जसले गर्दा हामी आर्थिक संकटसँग जुध्न बाध्य छौं । धेरै मानिसहरु पैसा कमाउँछन् तर खान नै पुग्दैन, धेरै मानिसहरुलाई खान पुग्छ तर बचत नै हुँदैन । मानिसहरु पैसा सम्बन्धि गल्तिहरु गरिरहेका हुन्छन् त्यसैले आर्थिक संकट भोग्न बाध्य छन् । कमाउन त हरेकले कमाउँछन् तर बचत हुँदैन । कारण के हो भने पैसा भनेको लक्ष्मीको कारक मानिन्छ ।
तर लक्ष्मीलाई हामीले स्याहार्न अर्थात् सम्मान गर्न जानेनौं भने आर्थिक संकट उत्पन्न हुन्छ । पैसा भए पनि टिक्दै टिक्दैन । खर्च भैरहन्छ, यसलाई म्यानेज गर्न पैसा गन्दा हामीले विचार गर्नुपर्ने हुन्छ । पैसा गन्दा यी कुराहरुमा ध्यान दिन आवश्यक छ । यी कुराहरुमा हुन सक्छन् गल्ति । जुन गल्तिहरु भुलेर पनि नगर्नुहोस् । धेरैको बानि हुन्छ पैसा गन्दा थुक लगाउने । यो अत्याधिक गलत हो । हात सुख्खा हुने भएकोले धेरै व्यक्तिले यसो गर्छन् । तर यसो गर्नु सबैभन्दा पाप हो ।
पैसा लक्ष्मीको कारक भएकोले यसो गर्दा तपाइको घरमा लक्ष्मीले बास गर्दिनन् । पैसालाई उल्टो सुल्टो मिलाएर राख्नुस् । पैसालाई सपक्क मिलाएर राख्नुहोस् । कतिपय मानिसको बानी हुन्छ पैसामा केरकार गर्ने । केहि कुराहरु पैसामा लेख्ने तर यसो गर्नु हुँदैन । पैसा च्यात्ने काम नगर्नुहोस् । कहिलेकाही आवेगमा आएर पैसा च्यात्ने पोल्ने पनि गर्छन् । यसो गर्नु भनेको लक्ष्मीको अपमान गर्नु हो ।
लक्ष्मीको अपमान गर्नु भनेको तपाइको घरमा लक्ष्मीले बास नगर्नु हो । त्यसले पैसालाई च्यात्ने पोल्ने काम भुलेर पनि नगर्नुहोस् । पैसा लात्ताले हान्ने काम भुलेर पनि नगर्नुहोस् । बच्चाहरुले कहिलेकाही आफुले भनेजति पैसा नदिँदा पैसा फाल्ने कुल्चने गर्छन् । भुलेर पनि बच्चालाई यसो गर्न नदिनुहोस् । यसले पनि आर्थिक संकट निम्त्याउँछ ।
महँगो ब्याजमा भुलेर पनि पैसा ऋण नदिनुहोस् । पैसालाई ओछ्यानमुनि वा बिछ्यौनामुनि पैसा नराख्नुस् । पैसा राख्ने ब्यागमा भुलेर पनि जुठा चिजहरु नराख्नुहोस् । पुजा कोठामा पैसा राख्नुहोस् । थोरै भए पनि पैसा पुजा कोठामा राख्दा लक्ष्मीले बास गर्छिन् ।