Gold

असई गोविन्द बिक र प्रहरी जवान रामबहादुरको ह’त्यामा यि ब्यापारीको पनि हात भएको खुलासा

Naumule Migrate

२३ कार्तिक,धनगढी–१० वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको ह’त्याका’ण्डमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी प’क्राउ परेका छन्।अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रहरी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ह’त्या अनुसन्धानका क्रममा धनगढी शिवनगरका मटर व्यापारी राजीव गुप्ताको संलग्नता देखिएको भन्दै प्रहरीले प,क्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी दिलीप देउवाले प्रहरीको ह’त्या भएको राति वनकट्टी घाटमा तस्करी भएको सामानमा गुप्ताको ‘कनेक्सन’ जोडिएकाले उनलाई प,क्राउ गरिएको बताए। उनले भने, ‘गुप्तालाई मंगलबार प,क्राउ गरी मुद्दा शाखाले थप अनुसन्धान अगाडि बढाएको छ।’ कात्तिक १ गते राति वनकट्टी घाटमा अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान साउदको घाँ’टी रे’टेर ह’त्या गरिएको थियो। ह’त्यामा संलग्न भएको भन्दै प्रहरीले आठ जनालाई प’क्राउ गरेको छ भने एक जना फरार छन्।

प,क्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय पर्कु भनिने रोहित राना ९क०, रोहित राना ९ख०, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। एक जना फरारको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।नागरिक दैनिकमा खबर छ ।

प्रहरी सहायक निरीक्षक बिक र जवान साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्र,मण गरेको थियो। कात्तिक १ गते साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका असई र प्रहरी जवानलाई धा’रिलो ह’तियारले ह’त्या गरेको अवस्थामा मोहना नदीमा श’व फेला परेको थियो।

Naumule Badhipahiro