पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि,होम–आईसोलेशनमा

२४ कार्तिक,काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमा हिजो एक स्टाटस लेख्दै उनले आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको कोभिड–१९ स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।’

उनले लेखेका छन् ‘यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनु हुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनु होला ।’ उनले आफू आजैदेखि होम–आईसोलेशनमा बसेको जानकारी दिएका छन् ।
आदरणीय सबैमा नमस्कार;
`कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।