Gold
Bangad salyan

लाचारी सरकार जाजरकोटमा भूकम्प पीडितको टहारामा ढुङ्गा खस्दा दुई बालिकाको मृत्युु

असार २०

Salyan

जाजरकोट – जाजरकोटको कुसे गाउँपालिकका ३ तर्पेनामा भूकम्प पीडितका दुई बालबालिकाको ढुङ्गा खसेर मृत्यु भएको छ।

गत राति टहरामा सुतिरहेको अवस्थामा ढुङ्गा खसेर नरबहादुर बुढाकी छोरीहरू चन्द्रा बुढा र सर्मिला बुढाको निधन भएको हो।

भूकम्प पिडितहरुको सरकारले अहिले सम्म पुनर्निर्माण कार्य गर्न नसक्दा उनीहरुको ज्यान गएको छ।

उनीहरु टहरामा बस्दै आईरहेका थिए । बर्षाको मौसम संगै थुप्रै पीडितहरु रातभर डराएर बस्ने गरेका छन।

सरकार तथा सम्बन्धित निकायलाई पुनर्निर्माण प्रक्रिया छिटो अघि बढाई भूकम्पपीडितहरूलाई थप जोखिमबाट जोगाउन स्थानीयले आग्रह गर्दा समेत अकलामा उनीहरुले ज्यान गुनाउनु परेको छ।