बोटेचौर बजार तनाब ग्रस्त घटनाले लियो उग्ररुप ,

मङ्सिर ५ सुर्खेत – गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौर बजारको घटनाले उग्ररुप लिएको छ।
मृतकले न्याय र घाईतेको सकुशल उपचार नभएसम्म स्थानीयले बजार चक्का जाम गर्ने भन्दै आज बिहानैदेखि बोटेचौर बजार तनाबपुर्ण अबस्थामा गुज्रेको छ।
स्थानीयले बीच सडकमा चक्का जाम गरेका छन् भने टायर जलाएर नाराबाजी गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन्।


हिजो साँझ करिब ७:३० बजे तिर बोटेचौर बजारमा ट्रकले ठक्कर दिदा स्थानीय बजारका धन बहादुर भण्डारीको मृत्यु भएको छ भने अन्य दुई जना घाईते छन् ।
सल्लीबजारबाट दाङ्ग तर्फ जाँदै गरेको ना ८ ख २३१४ नमबरको ट्रकले ठक्कर भण्डारीको मृत्यु भएको हो। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।
