पछिल्लो २४ घन्टामा १९ सय ४५ कोरोना संक्रमित थपिए ,

मङ्सिर ५ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा थप १९ सय ४५ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा १० हजार ३ सय ४०, पिसिआर परिक्षण गर्दा सो संख्या फेला परेपछि नेपालमा अब कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घन्टामा ५३ सय ६४ जना डिस्चार्ज भएपछि हाल सम्म कोरोना जित्नेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

तेस्तै आजको मिति सम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।
यो संगै नेपालका विभिन्न क्वारेईनटाईनमा ७ सय ५३ जना रहेको मन्त्रालयले जनाएको हो ।
